भारत-नेपाल व्यापार सन्धि समीक्षाको दोस्रो बैठक सुरु

भारत-नेपाल व्यापार सन्धिको दोस्रो संयुक्त सचिव स्तरको बैठक नेपालको पोखरामा सुरु भएको छ। यो दुईदिने बैठकमा पोहोर अगस्ट महिनामा भएको प्रथम बैठकमा नेपालद्वारा सन्धिलाई समुन्नत पार्न राखिएको प्रस्तावमाथि भारतले प्रतिक्रिया जनाउनेछ। दुवै पक्षले भारतसित नेपालको व्यापार घाटालाई घटाउनेलगायत विविध द्विपक्षीय व्यापार मामिलाहरूमाथि पनि विचार-विमर्श गर्नेछन्।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य विभागमा संयुक्त सचिव (दक्षिण एसिया) भुपिन्दर सिंह भल्लाले गर्दै हुनुहुन्छ भने नेपालको तर्फबाट उद्योग, वाणिज्य एवम् आपूर्ति मन्त्रालयमा संयुक्त सचिव रवि शङ्कर साइजुले गर्दै हुनुहुन्छ। । अप्रिल 2018 मा भारत र नेपाल दुई देशबिच दुईतर्फे वाणिज्य एवम् लगानीलाई थप बढाउनका लागि विद्यमान द्विपक्षीय व्यापार सन्धिको विस्तृत समीक्षा जस्ता पाइलाहरू सार्न सहमत भएका थिए।