वसन्त पन्चमीको अवसरमा प्रयागराजमा कुम्भ मेलामा लाखौं श्रद्धालुहरुद्वारा शाही स्नान

वसन्त पन्चमीको अवसरमा प्रयागराजमा कुम्भ मेलामा तेस्रो र अन्तिम शाही स्नान चलिरहेको छ। श्रद्धालुहरूले अहिले स्नान गरिरहेका छन्। विभिन्न अखाडाहरूका सन्त साधुहरूले पनि गङ्गा, जमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्नेछन्।

वसन्त पन्चमीपछि पनि दुई महत्वपूर्ण स्नानका अवसरहरू आउँनेछन्। ती हुन्, यो महिनाको १९ तारीख माघ पूर्णिमाको दिन अनि अर्को महिनाको ४ तारीख शिवरात्रीको अवसरमा।

राष्ट्रपति र प्रधान मन्त्रीले वसन्त पन्चमीको अवसरमा मानिसहरुप्रति शुभकामना व्यक्त गर्नु भएको छ।