अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग होः रविश कुमार

अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग होः रविश कुमार

अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग हो भनि भारतले हिजो स्पष्ट पारेको छ। उत्तर पूर्वी राज्यहरूमा प्रधान मन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर चीनको विदेश मन्त्रालयले जारी गरेको बयान सम्बन्धमा संचार माध्यमहरूद्वारा सोधिएको एक प्रश्नको उत्तर दिँदै, परराष्ट्र मन्त्रालयका प्रबक्ता रविश कुमारले भन्नुभयो, भारतीय नेताहरूले आफ्नो देशको अन्य राज्यहरू भ्रमण गरे सरह नै अरुणाचल प्रदेशको पनि भ्रमण गर्ने गर्छन्।