कोलकाता पुलिसद्वारा कथित जे.एम.बी. सञ्चालक गिरफ्तार

कोलकाता पुलिसद्वारा कथित जे.एम.बी. सञ्चालक गिरफ्तार

कोलकाता पुलिसको विशेष कार्यबलले शहरबाट एक व्यक्तिलाई गरिफ्तार गरेको छ, जसको सम्बन्ध आतङ्कवादी गुट जमात उल मुजाहिदिन बङ्गलादेश (जे.एम.बी.) सित रहेको बुझिएको छ।

पुलिसका एक वरिष्ठ अधिकारीले शनिबार बताएअनुसार, मुर्शिदावाद जिल्लाको रघुनाथगन्ज बस्ने मानिरुल इस्लामलाई सुक्रबार राती पुलिसले स्यालदाह स्टेशनबाट पक्रेको थियो। मानिरुल २०१० देखि नै आतङ्कवादी गुट जमात उल मुजाहिदिन बङ्गलादेशको सक्रिय सदस्य थियो भनि पुलिसले खुलासा गरेको छ।