लेफ्टिनेन्ट जनरल दिल्लोंद्वारा श्रीनगर स्थित १५ कोरको ४८ औं सैन्य कोर कमाण्डरको पदभार ग्रहण

जम्मु कश्मीरमा लेफ्टिनेन्ट जनरल जीत सिहं दिल्लोंले श्रीनगर स्थित १५ कोरको ४८ औं सैन्य कोर कमाण्डरको पदभार ग्रहण गर्नु भएको छ। यो कोरलाई चिनार कोर पनि भनिन्छ। लेफ्टिनेन्ट जनरल ए.के भाटबाट उहाँले यो कार्यभार लिनु भएको हो।

लेफ्टिनेन्ट जनरल ए.के भाटलाई चाहिँ सैन्य मूख्यालयमा सैन्य सचिवको रुपमा नियुक्त गरिएको छ र उहाँ नयाँ दिल्ली आउनु भएको छ।