कुम्भ मेलामा लगभग २ करोड श्रद्धालूहरूले शाही स्नान गरे

आइतवार बसन्त पञ्चमीको पर्व मनाइयो। यसलाई माघ शुक्ल पक्ष पञ्चमीमा सरस्वती पुजाको रूपमा मनाइन्छ।

यस अवसरमा लगभग दुइ करोड श्रद्धालूहरूले प्रयागराजको कुम्भ मेलामा तेस्रो तथा अन्तिम शाही स्नान गरे। शाही स्नानका लागि व्यापक सुरक्षा व्यवस्था मिलाइको थियो।

राष्ट्रपति रामनाथ कोविन्द र प्रधान मन्त्री नरेन्द्र मोदीले बसन्त पञ्चमीको अवसरमा मानिसहरूलाई शुभकामना दिनुभयो।