एसपीएमसीआईएल-सित सबै अफ्रिकी मुलुकलाई सिक्का बिक्री गर्ने व्यापक कार्यक्रम हुनुपर्छः पीयुष गोयल

वित्त मन्त्री पीयुष गोयलले सेक्युरिटी प्रिन्टिङ्ग एन्ड मिन्टिङ्ग कर्पोरेशन अफ इन्डिया लिमिटेड, एसपीएमसीआईएल-सँग सबै अफ्रिकी मुलुकहरूलाई सिक्काहरू बिक्री गर्नका लागि व्यापक पहुँच कार्यक्रम हुनुपर्छ भन्नुभएको छ।

नयाँ दिल्लीमा एसपीएमसीआईएल-को १३औँ स्थापना दिवसको अवसरमा बोल्दै श्री गोयलले भन्नुभयो, मेक इन इण्डिया पहल अन्तर्गत नोट र सिक्काहरूमा समग्र विश्वसम्म पुग्यो भने यो मुलुकका लागि गर्वको कुरा हुनेछ।