प्रधान मन्त्री मोदीले आज ग्रेटर नोएडामा पेट्रोटेक-२०१९-को उद्घाटन गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज ग्रेटर नोएडामा १३औँ अन्तर्राष्ट्रिय तेल एवम् ग्यास सम्मेलन, पेट्रोटेक-२०१९-को औपचारिक उद्गाटन गर्नुहुनेछ। तीन दिने यस यस द्विबार्षिक सम्मेलन हिजोदेखि इन्डिया एक्पोमा सुरु भयो।

यस सम्मेलनमा सहयोगी मुलुकका ९५ भन्दा धेरै उर्जा मन्त्रीहरूले भाग लिइरहेका छन्। यसमा हालको बजार र मुलुकको तेल एवम् ग्यास क्षेत्रमा भएका लगानी अनुकूल बदलाउहरू प्रदर्शित गरिनेछन्।

यस सम्मेलनमा प्रौद्योगिकीविद, वैज्ञानिक, योजनाकार, नीति निर्माताहरू, प्रबन्धन विशेषज्ञ, उद्यमीहरू, सेवा-प्रदाता र विक्रेताहरूसहित लगभग ७० मुलुकका ८६ भन्दा धेरै प्रतिष्ठित वक्ताहरू  र ७ हजार प्रतिनिधिहरूले भाग लिने सम्भावना छ। सम्मेलनकासाथ यस आयोजनामा २० हजार वर्ग मीटरमा  प्रदर्शनीको पनि आयोजना हुनेछ।