केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानद्वारा १३-औं पेट्रोटेक २०१९-को उद्घाटन

आइतबार ग्रेटर नोएडा स्थित एक्सपो मार्टमा १३-औं अन्तराष्ट्रिय तेल एवम् ग्यास सम्मेलन-पेट्रोटेक-२०१९ आरम्भ भयो। साझेदार मुलुकहरूका ९५ भन्दा बढी ऊर्जा मन्त्रीहरूको यस तीन दिने सम्मेलनमा सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिनिधिहरूको स्वागत गर्नुहुँदै  केन्द्रीय पेट्रोलियम एवम् ग्यास मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, भारत कच्चा तेल र पेट्रोलियम उत्पादनहरूको तेस्रो सर्ववृहत उपभोक्ता हो र सरकारले सबैको निम्ति ऊर्जा उपलब्ध गराउन अनेकौं उपायहरू गरिराखेको छ।

उहाँले भन्नुभयो, यस सम्मेलनको मूल विषय वस्तु सबैका निम्ति दीगो एवम् सुरक्षीत ऊर्जा उपलब्धता निम्ति साझेदारी रहेको छ।

श्री प्रधानले भन्नुभयो, भारत विश्वको सबैभन्दा द्रुत गतिका साथ वृद्धि भईरहेको अर्थतन्त्र हो र यसलाई हासिल गर्नको लागि सरकारले शृंखालबद्ध नीतिगत सुधारहरू गरेको छ। विश्व व्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, आगामी दुई वर्षसम्म भारत ७.५ प्रतिशतको विकास दरका साथ विश्वको सबै भन्दा द्रुत गतिका साथ वृद्धि उन्मुख अर्थतन्त्र रही रहने कुरा पनि उहाँले बताउनुभयो।

सम्मेलनको अवधिमा विश्वभरका निती निर्माताहरू, शिष्टमण्डलहरू र तेल एवम् ग्यास विशेषज्ञहरूले सबैका निम्ति दीगो, किफायती र सुरक्षीत ऊर्जा  सुनिश्चित गर्ने लक्ष्यको  दिशामा एउटा नौलो ऊर्जा जगतलाई आकार प्रदान गर्ने क्रममा साझेदारी गर्ने कुरा पेट्रोलियम मन्त्रीले बताउनुभयो।