गुवाहाटीमा राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिप सुरू

आज गुवाहाटीमा प्रतिष्ठित राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको ८३औँ संस्करण सुरू हुँदैछ जसमा भारतका शीर्ष खेलाडीहरूले भाग लिइरहेका छन्।  यस प्रतियोगितामा  वर्तमान च्याम्पियन साइना नेहवाल र  पछिल्लो संस्करणमा रनर्र अप भएकी पी भी सिन्धुले  महिला एकल प्रतिस्पर्धामा भाग लिइरहेका छन्।

यस प्रतियोगितामा चोटका कारण पुरुष एकल प्रतिस्पर्धामा वर्तमान च्याम्पियन एच एस प्रणय र रनर्र अप किदाम्बी श्रीकान्त सामेल छैनन्। उनीहरूको अनुपस्थितिमा  पूर्व च्याम्पियन समीर वर्मा र परूपल्ली कश्यपले प्रतियोगितामा भाग लिनेछन्। सन् २०१०-को आयोजना पश्चात् यस वर्ष  फेरि गुवाहाटीमा राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको आयोजन हुँदैछ।