भारतले नेपाल सरकारका अधिकारीहरूका लागि प्रशिक्षणको आयोजना गऱ्यो

भारतको परराष्ट्र मन्त्रालयले भारतीय प्रविधि एवम् आर्थिक सहयोग, आईटीईसी कार्यक्रम अन्तर्गत नेपाल सरकारका अधिकारीहरूका लागि एउटा प्रशिक्षणको आयोजना गरेको छ। नेपालको वित्त मन्त्रालयका २० अधिकारीहरूको दोस्रो समूहले नयाँ दिल्लीमा सरकारी लेखा एवम् वित्त संस्थानमा ‘सार्वजनिक वित्तीय व्यवस्थापनमाथि वैश्विक परिप्रेक्ष्य’ सम्बन्धी प्रशिक्षणमा भाग लियो। नेपालको वित्त मन्त्रालयले कुल ६२ अधिकारीहरूका लागि प्रशिक्षण दिन आग्रह गरेपछि यसको आयोजना गरिएको हो।

नेपालका अधिकारीहरूलाई ई-भुक्तान प्रणाली, लेखा-जोखा, आन्तरिक लेखा परीक्षा र वित्तीय जिम्मेवारीहरूमाथि कौशल बढाउने, सार्वजनिक ऋण प्रणाली, विदेशी ऋण तथा अनुदानको लेखाजोखा र भुक्तानी पेन्सन भुक्तान प्रणाली तथा वित्तीय उत्तरदायित्व तथा बजेट व्यवस्थापन आदिका लागि प्रशिक्षित गरियो।

प्रशिक्षण लिने नेपालका अधिकारीहरूको यो दोस्रो समूह हो। २० अधिकारीहरूको पहिलो समूहले गत महिना १० दिने प्रशिक्षण सफलताका साथ पूरा गरेको थियो।