भारतीय वायु सेनाले अलपत्र परेका ७०० यात्रीहरूलाई जम्मूदेखि श्रीनगर पुऱ्यायो

भारतीय वायु सेनाले जम्मूदेखि अलपत्र परेका लगभग ७ सय यात्रीहरूलाई श्रीनगर पुऱ्यायो। ती यात्रीहरू भीषण हिमपातले गर्दा फसेका थिए।

वायुसेनाका एकजना प्रवक्ताले जानकारी दिएअनुसार भारतीय वायु सेनाले गेट परीक्षा दिने ३१९ छात्रहरूसहित लगभग १४ सय मानिसहरूलाई एयरलिफ्ट गरेको थियो। एयरलिफ्ट गरिएका यात्रीहरूमा नानीहरू पनि शामेल थिए।