चीनका साथ व्यापार वार्ताको लागि अमेरिकी टोली बेजिङ्गमा

अमेरिकाका वार्ताकारहरूले बेजिङ्गमा नयाँ चरणको व्यापार वार्ता सुरु गर्ने तयारीका लागि आफ्ना समकक्षीहरूसँग भेट गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले सम्भावित वैश्विक आर्थिक संकटको चेतावनी दिएको पृष्ठभूमिमा डोनल्ड ट्रम्पले निर्धारित गर्नुभएको समयसीमा भन्दा पहिले एक सम्झौतामा पुग्ने आशा गरिएको छ।

वार्तामा कृषि, ऊर्जा र वाणिज्य विभागका अधिकारीहरू शामेल हुनेछन्।

अमेरिकाले गत वर्षको डिसेम्बरमा चीनबाट आयातित २०० अर्ब अमेरिकी डलरका वस्तुहरूमाथि वर्तमान शुल्कलाई बढाएर २५ प्रतिशत पार्ने योजना  स्थगित गरेको थियो।

वाशिङ्गटनले वाणिज्यिक व्यवस्थाहरू सम्बोधित गर्नका लागि चीनसँग दूरगामी परिवर्तनको माग गरिरहेको छ। चीनले उपयोग गरिरहेका प्रथाहरू अनुचित रहेको र त्यसमा अमेरिकी बौद्धिक सम्पदाको चोरी पनि शामेल रहेको  अमेरिकाको भनाई छ।

चीनले सम्झौताको बेला अमेरिकी वस्तुहरूको आफ्नो खरीदलाई बढुवा दिने प्रस्ताव अघाडि सारेको थियो तर उसले  औद्योगिक नीतिमा संरचनात्मक परिवर्तनको आह्वान गर्ने सम्भावना छ।