रेडियो अन्य सञ्चार माध्यमहरूको तुलनामा धेरै मानिसहरूसम्म पुग्न सक्छः राष्ट्रसंघ महासचिव

राष्ट्र संघ महासचिव एन्टोनियो गुटेरेसले वर्तमानको डिजिटल सञ्चारको दुनियामा रेडियो एक शक्तिशाली उपकरण रहेको बताउनुभएको छ।

१३ फ्रेब्रुअरीमा आठौँ विश्व रेडियो दिवसको अवसरमा आफ्नो सन्देशमा उहाँले भन्नुभयो, रेडियो कुनै पनि अन्य सञ्चार माध्यमको तुलनामा धेरै भन्दा धेरै मानिसहरूसम्म पुग्न सक्छ। रेडियोको महत्त्वबारे बोल्दै उहाँले  भन्नुभयो, यसले महत्त्वपूर्ण जानकारी दिन्छ र महत्त्वपूर्ण मुद्दाहरूमा जागरूकता बढाउँछ। उहाँले भन्नुभयो, रेडियो एक अन्तरक्रिया मञ्च हो जहाँ मानिसहरूले आफ्ना विचार, चिन्ता र शिकायतहरू व्यक्त गर्न सक्छन्। श्री गुटेरेसले अझ भन्नुभयो, रेडियोले एउटा समुदायको सृजना गर्न सक्छ।

राष्ट्र संघ शान्ति अभियानको सन्दर्भमा उहाँले भन्नुभयो, रेडियोले युद्ध प्रभावित क्षेत्रमा मानिसहरूलाई सूचना दिन्छ तथा एकबद्ध र सशक्त बनाउँछ।

श्री गुटेरेसले भन्नुभयो, सहिष्णुता र शान्तिलाई बढुवा दिनका लागि रेडियोको शक्तिलाई विश्वभरिका सरकारद्वारा विधिवत मान्यता प्राप्त हुनुपर्छ।