संसदीय समितिद्वारा ट्विटर प्रमुखलाई २५ फेब्रुअरी भन्दा पहिले समिति समक्ष उपस्थित हुन आदेश

सूचना प्रौद्योगिकी विभाग सम्बन्धी संसदको एउटा समितिले २५ फेब्रुअरीमा ट्विटरका मुख्य कार्यकारी अधिकारी ज्याक डोरसीलाई समिति समक्ष उपस्थित हुन भनेको छ।  समितिले सोमवार नयाँ दिल्लीमा माइक्रोब्लगिङ्ग साइटका अधिकारीहरूसित भेट गऱ्यो। संसदको स्थायी समितिका अध्यक्ष एवम भाजपा सांसद अनुराग ठाकुरले बैठकपछि ट्विटर प्रमुख र वरिष्ठ अधिकारीहरूलाई उपस्थित हुन आदेश दिइएको जानकारी दिनुभएको हो।

ट्विटरका मुख्य कार्यकारीलाई ११ फेब्रुअरीमा सोशल वा अनलाइन मीडिया मञ्चमा नागरिकहरूको अधिकारको रक्षा विषयमाथि समितिको बैठकमा उपस्थित हुन भनिएको थियो तर उनी उपस्थित भएनन्।