डेरा बाबा नानक जाँच चौकीलाई अध्यागमन केन्द्रको ओहोदा प्रदान

केन्द्र सरकारले सोमबार पञ्जाबको गुरदासपुर जिल्ला स्थित डेरा बाबा नानक जाँच चौकीलाई, पाकिस्तान स्थित करतारपुर साहिब गुरूद्वारामा प्रवेश निम्ति एक अधिकृत अध्यागमन जाँच केन्द्रको रूपमा नामजद गरेको छ।

गृह मन्त्रालयद्वारा जारी एक जनाउमा यात्राको लागि वैध दस्तावेजहरू भएका सबै श्रेणीका यात्रुहरूले सो चौकी मार्फत प्रवेश अथवा निर्गमन गर्न पाउने बताइएको छ।

सरकारले सोमबार देखि प्रभावी हुने गरी मुख्य अध्यागन अधिकारीलाई सो उद्देश्यको निम्ति असैनिक अधिकारीको रूपमा पनि नियुक्त गरेको छ।

उप-राष्ट्रपति वेंकैया नायडूले विगत २६ नोभेम्बरमा भारत तर्फको डेरा बाबा नानक- करतारपुर साहिब मार्गको आधारशिला राख्नुभएको थियो भने, पाकिस्तान तर्फको मार्गको आधारशिला सो मुलुकका प्रधान मन्त्री इमरान खानले २८ नोभेम्बरमा राख्नुभएको थियो।