प्रजनेश गुणेश्वरन  पुरुष एकल टेनिस ऱ्याङ्किगको शीर्ष १००-मा  शामेल

भारतका प्रजनेश गुणेश्वरन पुरुष एकल टेनिस ऱ्याङ्किगको शीर्ष -१०० खेलाडीहरूको सूचीमा शामेल भएका  छन्। उनी ६ स्थानको लाभ प्राप्त गरी १०३-को ऱ्याकिङ्गबाट ९७औँ स्थानमा पुगेका हुन्।

युकी भाम्बरी र सोमदेव देववर्मन पछि  शीर्ष -१००-मा स्थान प्राप्त गर्ने  प्रजनेश गुणेश्वरन भारतका तेस्रो खेलाडी बनेका छन्।

उनी पछिल्लोे साता सम्पन्न चेन्नई च्यालेन्जरको सेमीफाइनलमा पुगेका थिए।

युगल ऱ्याङि्कगमा रोहन बोपन्ना ३७औँ स्थानमा छन् भने उनको जोडी दिवीज शरणले ३९औँ स्थान प्राप्त गरेका छन्।

त्यसै गरी महिला एकल टेनिस ऱ्याङ्किगमा अंकिता रायनाले १६५औँ स्थान प्राप्त गरेकी छिन्।