नितिन गडकरीद्वारा बिहारमा ११ सडक र नदी परियोजनाहरूको शुभारम्भ

 

केन्द्रीय सडक परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीले बिहारमा ३ हजार करोड रुपिया भन्दा धेरै लागतका ११ सडक र नदी विकास परियोजनाहरूको उद्घाटन गर्नुभएको छ। उहाँले पूर्वी चम्पारन र पश्चिम चम्पारन जिल्लाहरूमा २७४ करोड रुपियाँको दुइ सडक परियोजनाको उद्घाटन गर्नुभयो।

यस अवसरमा पश्चिम चम्पारणको बगहामा एक कार्यक्रममा श्री गडकरीले भन्नुभयो, यी सडक परियोजनाहरू पूरा भएपछि पूर्व पश्चिम करिडोर नेपालमा अन्तर्राष्ट्रिय सीमासम्म जोडिनेछ। यस अतिरिक्त अयोध्या र नेपालको जनकपुरबीच सीधा र सजिलो सडक सम्पर्क स्थापित हुनेछ।

यी परियोजनाहरूले व्यापक रोजगारको सृजना हुनेछ।