संसदको केन्द्रीय कक्षमा राष्ट्रपतिले अटल बिहारी वाजपेयीको चित्रको अनावरण गर्नुहुने

राष्ट्रपति रामनाथ कोविन्दले आज संसदको केन्द्रीय कक्षमा पूर्व प्रधान मन्त्री अटल बिहारी वाजपेयीको चित्रको अनावरण गर्नुहुनेछ। उप राष्ट्रपति वेंकैया नायडू, प्रधान मन्त्री नरेन्द्र मोदी, लोक सभा अध्यक्ष सुमित्रा महाजन र विभिन्न पार्टीका मन्त्री तथा नेताहरू यस अवसरमा उपस्थित हुनेछन्।

अटल बिहारी वाजपेयी तीनपटक देशका प्रधान मन्त्री बन्नुभएको थियो र उहाँलाई २०१५-मा भारत रत्नले सम्मानित गरिएको थियो। पोहोर अगस्टमा ९३ वर्षको उमेरमा उहाँको निधन भएको थियो।