प्रधान मन्त्रीले आज हरियाणाको कुरुक्षेत्रमा थुप्रै विकास परियोजनाहरूको शुभारम्भ गर्नुहुने  

प्रधान मन्त्री नरेन्द्र मोदीले  आज हरियाणाको कुरुक्षेत्रमा थुप्रै विकास परियोजनाहरूको शुभारम्भ गर्नुहुनेछ साथै आधारशिला राख्नुहुनेछ। उहाँले झज्जर जिल्लाको बाडसा गाउँमा राष्ट्रिय क्यान्सर संस्थान राष्ट्रलाई समर्पित गर्नुहुनेछ। संस्थानको निर्माण अखिल भारतीय आयुर्विज्ञान संस्थान-एम्स-को झज्जर परिसरमा गरिएको छ। ७ सय पलङ्ग भएको यस अस्पतालमा क्यान्सरको उपचारका लागि राम्रो चिकित्सा सुविधा उपलब्ध हुनेछ।

आधिकारिक विज्ञप्तिमा जानकारी दिएअनुसार प्रधान मन्त्रीले फरीदाबादमा कर्मचारी राज्य बीमा निगमको मेडिकल कलेज र अस्पतालको उद्घाटन पनि गर्नुहुनेछ। यो उत्तर भारतमा ईएसआईसी-को पहिलो मेडिकल कलेज र अस्पताल हुनेछ।

प्रधान मन्त्रीले कुरुक्षेत्रमा श्रीकृष्ण आयुष विश्वविद्यालयको आधारशिला पनि राख्नुहुनेछ। प्रधान मन्त्रीले करनालमा पण्डित दीनदयाल उपाध्याय विश्वविद्यालय र पानीपतमा पानीपत युद्ध संग्रहालयको आधारशिला राख्नुहुनेछ। हाम्रा संवाददाताले जानकारी दिएअनुसार प्रधान मन्त्रीले कुरुक्षेत्रमा स्वच्छ शक्ति-२०१९ कार्यक्रममा भाग लिनुहुनेछ।