साताको पहिलो दिन धितो पत्र बजारमा सामान्य गिरावट

साता अन्त्यको बिदा पछि खुलेको घितो पत्र बजारमा सोमबार सामान्य गिरावट देख्न पाइयो। अमेरिका र चीन बीचको शुल्क द्वन्दबाट भूमण्डलीय विकासमाथि प्रभाव पर्न सक्ने चिन्ता कै कारण मुम्बई धितो पत्र बजारको संवेदी सूचक सेनसेक्स हिजो १५१ अंकको सामान्य गिरावटका साथ ३६,३९५-मा बन्द भयो।

यता राष्ट्रिय धितो पत्र बजारमा पनि यही प्रवृत्तिले गर्दा निफ्टी ५५ अंक अर्थात् ०.५ प्रतिशतको गिरावटका साथ १०,८८९ अंकमा झऱ्यो।