हिरासतमा कविको मृत्यु भएको दावी गर्दै टर्कीले गरेको आलोचना चीनद्वारा खारेज

उइगुरहरूप्रति चीनको आचरणको सम्बन्धमा टर्कीले गरेको आलोचनाको कडा जवाफ दिँदै सोमबार चीनले एकजना प्रख्यात मुसलमान अल्पसंख्यक कविको हिरासतमा ज्यान गएको छ भनि अङ्काराले गरेको दावी खारेज गरी दियो।

विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङ्गले भन्नुभयो, यस विषयमा चीनले टर्कीलाई औपचारिक सूचना प्रदान गरेको छ। उहाँले टर्कीको वक्तव्यलाई नीचतापूर्ण बताउनुभयो र अंकारालाई उसका असत्य अभियोगहरू फिर्ती लिन भन्नुभयो।

टर्कीको विदेश मन्त्रालयले शनिबार एउटा बयानमा तुर्क भाषा बोल्ने उइगुरहरूलाई चीनले सामुहिक रूपले बन्दी बनाएको घटनाको आलोचना गर्नका साथै आफ्नो एउटा कविताको लागि आठ वर्षको कैदको सजाय काटी रहेका कवि अब्दुरहीम हैतको थुनुवामा मृत्यु भएको दावी गरेको थियो।

तर आइतबार चीनले एक जना मानिसको एउटा यस्तो भिडीयो जारी गरेको थियो जसमा उनले स्वयंलाई हैतको रूपमा चिन्हारी दिँदै उनी जीवित र कुशल रहेको दावी गरेका थिए।

राष्ट्र संघको एउटा विशेषज्ञ समितिले चीनको उत्तर पश्चिम जिनजियाङ्ग क्षेत्रमा लगभग १० लाख टुर्क भाषी उइगुरहरूलाई पुनर्शिक्षण शिविरहरूमा थुनेर राखिएको बताएको थियो।