२०१९-का ग्य्रामी पुरस्कारहरूका विभिन्न वर्गहरूमा केसी मुसग्रेव्स, चाइल्डिश ग्याम्बिनो, कार्डी बी र क्वीन्सी जोन्सद्वारा इतिहासको रचना

लस एन्जेलेसको स्टेपल सेन्टरमा शनिबार अबेर साँझ सपन्न ग्य्रामी पुरस्कार समारोहमा  केसी मुसग्रेव्स, चाइल्डिश ग्याम्बिनो, कार्डी बी र क्वीन्सीले विभिन्न वर्गहरूमा इतिहासको रचना गरे।

कान्ट्री सिङ्गर केसी मुसग्रेव्सले उनको रेकर्ड “गोल्डन आवर”-को लागि वर्षको सर्वश्रेष्ठ एल्बमको पुरस्कार प्राप्त गरिन्।

चाइल्डिश ग्याम्बिनोको “दिस इज अमेरिका” एल्बमले चारवटा पुरस्कारहरू प्राप्त गऱ्यो।

कार्डी बी, उनको सर्वप्रथम एल्बम “इनवेजन अफ प्रिवेसी”-को लागि सर्वश्रेष्ठ रयाप पुरस्कार प्राप्त गर्ने प्रथम महिला रयापर बनेकी छिन्। “ए स्टार इज बोर्न” चलचित्रबाट लेडी गागाको गीत “श्यालो”-ले पनि दुइ पुरस्कारहरू जितेको छ।

वयोवृद्ध रेकर्ड निर्माता क्वीन्सी जोन्सले यस पटकको ग्य्रामी पुरस्कार समारोहमा उनको डक्युमेन्ट्री “क्वीन्सी”-को लागि सर्वश्रेष्ठ संगितीय फिलीम-को पुरस्कार प्राप्त गरी २८-औं ग्य्रामी पुरस्कार हात पारेका छन्। ८५ वर्षीय क्वीन्सीले आफ्नो सात दशक लामो कार्य जीवनमा १० वर्गका ग्र्यामी पुरस्कारहरू जितीसकेका छन्।

सर्वश्रेष्ठ रक प्रदर्शन वर्गमा साउण्डगार्डन गायक किश कर्नेललाई उनको गीत “वेन ब्याड डज् गूड”-को लागि मरनोपरान्त सम्मानित गरियो। अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले आफ्नो आत्मकथा  “फेथ- ए जर्नी फर अल”-को लागि स्पोकन वर्ड वर्गमा आफ्नो जीवनको दोस्रो ग्य्रामी पुरस्कार प्राप्त गर्नुभयो। सन् २०१६-मा उहाँले आफ्नो कार्य “ए फूल लाईफः रिफ्लेक्सन एट 90”-को लागि यसै वर्गको ग्य्रामी पुरस्कार प्राप्त गर्नुभएको थियो।