जम्मू एवम् कश्मीरमा विधानसभा चुनावमाथि निर्णय चाँडै लिइनेछ: चुनाव आयोग

चुनाव आयोगले भनेको छ कि उसले जम्मू एवम् कश्मीरको स्थितिमाथि  निरन्तर निगरानी राखिरहेको छ तथा राज्यमा विधानसभा चुनाव गर्नमाथि निर्णय चाँडै लिनेछ।

जम्मू एवम् कश्मीरमा स्थितिको समीक्षा गर्न नियुक्त गरिएको तीन विशेष पर्यवेक्षकहरूले हिजो नयाँ दिल्लीमा मुख्य चुनाव आयुक्त सुनिल अरोडा तथा चुनाव आयुक्त अशोक लवासा र सुशिल चन्द्रलाई भेटे।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा आयोगले भन्यो कि विशेष पर्यवेक्षकहरूलाई राज्यको भ्रमण चाँडै गर्न अनुरोध गरिएको छ। राज्यका उप चुनाव आयुक्त प्रभारी सन्दीप सक्सेनाले चुनावको तयारी र राज्यसित सम्बन्धित अन्य जानकारीहरू दिनुभयो।
आयोगले उहाँहरूसित उहाँहरूका भूमिका र जिम्मेदारीहरूबारे छलफल गऱ्यो। तीन पर्यवेक्षकहरू; ए एस गिल, नूर मोहम्मद तथा विनोद जुत्शीले राज्यमा राजनैतिक पार्टी, जिल्ला एवम् राज्य पदाधिकारी तथा अन्य सरोकारवालाहरूसित भेटेर स्थितिको साक्षात् समीक्षा गर्नुहुनेछ।

आयोगले राज्यमा केवल लोकसभा चुनाव गराउने घोषणा गरेको थियो तथा विधानसभा चुनाव गराउनका लागि पहिला स्थितिको समीक्षा गर्न आयोगले तीन पर्यवेक्षकहरू नियुक्त गरेको थियो।