भारतीय रिजर्भ बैँकले ओ.एम.ओ.-हरू मार्फत रु. १२,५०० करोड लगानी गर्ने

भारतीय रिजर्भ बैँकले भोली ओपन मार्केट अपरेशन्स (ओ.एम.ओ.-हरू) अर्थात् खुल्ला बजार गतिविधिहरूमार्फत भा.रू.१२,५०० लगानी गर्नेछ।  

यो केन्द्रीय बैँकले हिजो मुम्बईमा भनेअनुसार विद्यमान द्रव्यता अवस्थाहरूको मूल्याङ्कनको र अगाडि बढिरहेको दीगो द्रव्यता आवश्यकताहरूको पनि आधारमा खुल्ला बजार गतिविधिहरूअन्तर्गत सरकारी धितोपत्रहरूको खरिद गर्नेछ।
यी खरिदहरू मल्टिपल प्राइस विधिको प्रयोग गर्दै बहु-धितोपत्र लिलामीमार्फत गरिनेछन्। खुल्ला बजार गतिविधिहरू पैसा बजार साधनहरू हुन् जसबाट प्रणालीमा पैसा हालिन्छ वा निकालिन्छ।