वाहनहरूले बढी प्रदूषण फैलाएको देखिन्छ भन्यो सर्वोच्च अदालतले

 

सर्वोच्च अदालतले भनेअनुसार मानिसहरू पटखा उद्योगको पछि परेका छन् जस्तो देखिन्छ जबकि वाहनहरूले सम्भवतः ठुलो मात्रामा प्रदूषण फैलाइरहेको छ।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई के सोधेको छ भने पटखाहरू र मोटरवाहनहरूद्वारा फैलाइने प्रदूषणको मात्रामाथि कुनै तुलनात्मक अध्ययन भएको छ वा छैन।
न्यायाधीश एस.ए. बोब्डे र एस.ए. नजीरको पीठले पटखा निर्माण र बिक्रीमा संलग्न मानिसहरूद्वारा रोजगार गुमाइएकोमाथि गम्भीर चिन्ता व्यक्त गर्दै के भनेको छ भने अदालतले बेरोजगारी बढाउने इच्छा राख्दैन।
पीठले यो व्यापार कानुनी रूपले वैध छ र यसको कारोबार गर्नका लागि मानिसहरूसि लाइसेन्स छ भने पटखाहरूको उत्पादन-निर्माणलाई कसरी रोक्न सकिन्छ भन्ने प्रश्न पनि खडा गरेको छ।

अदालतले पटखाहरूद्वारा प्रदूषणमा वृद्धि हुन्छ भन्ने आधारमा देशभर पटखाहरूको प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाइनु पर्दछ भन्ने माग गर्दै दाखिल याचिकामाथि सुनुवाइ गर्दै थियो।