पाटीदार नेता हार्दिक पटेल काँग्रेसमा सामेल

गुजरातको पाटीदार कोटा नेता हार्दिक पटेल मङ्गलवारका दिन गुजरातको गान्धीनगर जिल्लामा अदलाजमा काँग्रेस नेता राहुल गान्धीको जनसभामा काँग्रेस पार्टीमा सामेल भएका छन्।

काँग्रेस अध्यक्षले हार्दिक पटेललाई पार्टीको प्रतीक चिह्न अङ्कित खादा लगाइदिएर स्वागत गर्नुभयो।

लोकसभा चुनावअघि सक्रिय राजनीतिमा प्रवेश गर्ने आफ्नो निर्णयबारे बोल्दै हार्दिक पटेलले अब उहाँले गुजरातका जनताका लागि बढी राम्ररी काम गर्न सक्ने बताउनुभयो।
निष्कासित टिएमसी सांसद अनुपम हाजरा, पश्चिम बङ्गालका वर्तमान काँग्रेस विधायक दुलाल चन्द्र बार र भारतीय मार्क्सवादी पार्टीका विधायक खगेन मुर्मु भाजपामा सामेल भएका छन्।
उहाँहरूलाई नयाँ दिल्लीमा भाजपाको मुख्यालयमा भाजपा नेताहरू कैलाश विजयवर्गीय र मुकुल रॉयको उपस्थितिमा पार्टामा सामेल गरियो।
त्यसअघि मङ्गलवारकै दिनमा महाराष्ट्रका वरिष्ठ काँग्रेसी नेताका पुत्र सुजय विखे पाटिल भाजपामा सामेल हुनुभयो।