५औँ महिला एसएएफएफ च्याम्पियनशिप्स: भारतले मालदिभ्सलाई ६-०-ले जित्यो

महिलाहरूको ५औँ दक्षिण एसियाली फुटबल फेडरेशन, एसएएफएफ च्याम्पियनशिप्समा वर्तमान च्याम्पियन भारतले बुधबार नेपालको बिराटनगरमा  ग्रुप बी-को पहिलो म्याचमा मालदिभ्सलाई ६-०-ले परास्त गऱ्यो। खेलको पहिलो भागमा भारतकै बर्चस्व औधी रहेको थियो। म्याच सुरु भएको ८औँ मिनटमा डाङ्गमेइ ग्रेसले एक गोल गरिन्। पहिलो गोल भएको पाँच मिनटपश्चात सन्ध्या रंगनाथनले दोस्रो गोल छिराइन्। त्यसपछि क्रमैसँग इन्दुमति कठिरेसन, सञ्जु तथा रत्नबाला देवीले एक-एक गोल लगाइन् र भारतले म्याचको पहिलो भागमा सजिलैसित ५-०-को अग्रता बनायो। दोस्रो भागमा खेलको तीव्रता कम्ती भयो। अन्तिम क्षणमा सञ्जुले भारतको छैटौँ गोल गरिन्। हालसम्म भारत एसएएफएफ च्याम्पियनशिप्समा कहिल्यैपनि हारेको छैन तथा यो ट्रफी भारतले चारपटक  जितिसकेको छ। सन् २०१०-मा यस च्याम्पियनशिप्सको सुरुआत भए यता यो भारतको लगातार २०औँ जित हो। आइतबार ग्रुप बी-को दोस्रो म्याचमा भारतले श्रीलङ्काको सामना गर्ने छ। ग्रुप ए-को दोस्रो म्याचमा भोली भुटान बाङ्गलादेश विरुद्ध खेल्ने छ।