हैदराबादमा अमेरिकाको विशेष कार्यबाही बल र एनएसजीको संयुक्त अभ्यास जारी

संयुक्त राज्य अमेरिकाको जापानमा तैनाथ विशेष कारबाही बलले हैदराबादमा भारतको राष्ट्रिय सुरक्षा गार्डसित एउटा संयुक्त अभ्यास गरिराखेको छ जसको उद्देश्य दुई मुलुकका सैन्य बलहरूको क्षमता बढाउन रहेको छ।

बुधबार अमेरिकाको महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा बताएअनुसार, अमेरिकी बलको तर्फबाट जापानको ओकिनावामा तैनाथ फर्स्ट स्पेशल फोर्स ग्रुप (एयरबोर्न)-को फर्स्ट बटालियनले यसमा भाग लिइराखेको छ। हैदराबाद अभ्यासले दुई मुलुकका बलहरूबीच अन्तर-कारबाही गर्न र मित्रभाव निर्माण गर्न मदत गर्दछ तथा यसको डिजाइन भारतीय र अमेरिकी, दुवैका सशस्त्र बलहरूको क्षमता बढाउनका लागि  गरिएको थियो भनी पनि विज्ञप्तिमा बताइएको छ।

यस प्रशिक्षणले परस्परको रक्षा कारबाहीमाथि ध्यान  केन्द्रित गर्दछ जसमाकि जन स्वास्थ्य र सुरक्षालाई हानी पऱ्याउने कुनैपनि किसिमको संकट आइपरेको खण्डमा दुवै राष्ट्रहरूले सजिलैसित सैन्य बल र सहायता प्रभावी ढंगमा प्रदान गर्न सकोस्।