कंग्रेसद्ववारा लोकसभा चुनावका उम्मेदवारहरूको दोस्रो सूची जारी

बुधबार कंग्रेसले आगामी लोकसभा चुनावका लागि २१ उम्मेदवारहरूको दोस्रो सूची जारी गऱ्यो। सो सूचीमा उत्तर प्रदेशका लागि १६ उम्मेदवारहरू छन् भने पाँच उम्मेदवारहरू महाराष्ट्रका लागि रहेका छन्।

उत्तर प्रदेश कंग्रेस समितिका प्रमुख राज बब्बर  मुरादाबादबाट, पार्टीका नेता सञ्जय सिंह सुल्तानपुरबाट, पूर्व केन्द्रीय मन्त्री श्रीप्रकाश जयसवाल कानपुरबाट चुनाव लड्नुहुनेछ।

कंग्रेसले मुम्बई नर्थ सेन्ट्रलबाट प्रिया दत्तलाई , सोलापुरबाट सुशील कुमार शिन्देलाई तथा मुम्बई साउथबाट मिलिन्द देवरालाई चुनावी रणभूमिमा पठाएको छ।