चुनाव आयोगद्वारा नियुक्त विशेष पर्यवेक्षकहरूको टोली आज जम्मू-कश्मीरको भ्रमणमा जाने

चुनाव आयोगद्वारा नियुक्त विशेष पर्यवेक्षकहरूको टोली जम्मू एवम् कश्मीरमा विधानसभा चुनाव आयोजनका लागि धरातल स्थितिको ताजा समीक्षा गर्न आज श्रीनगरको भ्रमणमा जाँदैछ।

आधिकारिक सूत्रअनुसार विनोद जुत्शी, डक्टर नूर मोहम्मद तथा ए.एस. गील सामेल रहेको तीन सदस्यीय यस टोलीले आज श्रीनगरमा मुख्यधाराका विभिन्न राजनैतिक पार्टी, जिल्ला निर्वाचन पदाधिकारी, सुरक्षा अधिकारी तथा अन्य सरोकारवालाहरूसित अन्तर्क्रिया गर्ने छ।
टोलीले भोली जम्मूमा पनि उस्तै कार्यहरू गर्ने छ। साथै टोलीले जम्मूका मुख्य सचिव तथा राज्य प्रहरी प्रमुखलाई पनि भेट्ने छ।