बुधबारदेखि बोयिङ्ग ७३७ विमानहरूका निम्ति भारतीय वायुसीमा भित्र प्रवेश वर्जित

हालैमा चार भारतीयहरूलगायत १५७ जनाको मृत्यु हुनेगरी भएको ईथियोपिया विमान दुर्घटनालाई मध्यनजरमा राखेर भारत सरकारले बुधबार दिउँसोदेखि बोयिङ्ग ७३७ म्याक्स-८ विमानहरूका निम्ति भारतीय वायुसीमा भित्र प्रवेश वर्जित गरेको छ। पाँच महिनाभन्दा कम समयको अवधिमा ७३७ म्याक्स-८ विमानसंलग्न यस किसिमको दोस्रो दुर्घटना भएको हो। नागरिक उड्डयन मन्त्रालयले भन्यो कि बुधबार अपराह्न ४ बजेदिख कुनैपनि बोयिङ्ग ७३७ म्याक्स-८ विमानहरूलाई भारतीय वायुसीमा भित्र पस्ने अनुमति दिइने छैन। यसअघि, नागरिक उड्डयनका महानिदेशकले बियिङ्ग ७३७ म्याक्सका सबै घरेलु वाहकहरूका उडान रद्द गर्ने निर्णय गर्नुभएको थियो। इस्पाइस जेटसित १२ वटा बोयिङ्ग ७३७ म्याक्स-८ विमानहरू छन् भने जेट एयरवेससित यस्ता पाँच विमानहरू छन्।