करतारपुर करिडोरका तौरतरिकाहरूमाथि छलफल गर्न भारत र पाकिस्तानबीच पहिलो बैठक आज हुने

करतारपुर करिडोरका तौरतरिकाहरूमाथि छलफल र यसलाई अन्तिम रूप दिन भारत र पाकिस्तानबीच पहिलो बैठक आज भारत पटिको अटारी-वाघा सिमानामा हुनेछ।

बैठकमा भाग लिन भारतीय र पाकिस्तानी शिष्टमण्डल दुवै हिजो अमृतसर पुगे। करिडोरलाई सोझ्याउने विषयमाथि आज एक तकनिकी स्तरको छलफल गर्न भारतले एउटा प्रस्ताव पनि राखेको छ।

यही वर्ष नोभेम्बरमा गुरु नानक देवको ५५०औँ जयन्तीको उपलक्ष्यमा करतारपुर करिडोरको सञ्चालन सुरु गर्ने सरकारको निर्णयलाई ध्यानमा राखी यो बैठको आयोजना गरिएको हो। पाकिस्तानस्तित पवित्र गुरुद्वारासम्म कुनै बाधा विना सजिलैसित पुग्नसक्ने माध्यम स्थापित गरियोस् भन्ने जनताको दीर्घकालीन माग पूरा गर्ने पनि यस बैठकको उद्देश्य हो।

भारतले करतारपुर साहिब करिडोरका लागि ५० एकड जमिन आवन्टित गरेको छ। यात्री टर्मिनल भवन परिसरको निर्माण दुई चरणमा गरिनेछ जो अत्याधुनिक ग्रीन बिलडिङ्ग हुनेछ जहाँ समृद्ध भारतीय सांस्कृतिक मूल्यहरूमा आधारित तस्बिर सजाइने छ।