यमनमा युद्धका लागि  समर्थन समाप्त गर्न अमेरिकी सिनेटमा मतदान

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा सऊदी अरबको नेतृत्व रहेको गठबन्धन बलको युद्धका लागि अमेरिकी समर्थन समाप्त गर्न एउटा प्रस्ताव पारित गरिएको छ। सिनेटमा कंग्रेसको मन्जूरी बिना यमनमा अमेरिकी सैन्य भागेदारीलाई समाप्त गर्नका लागि पेश गरिएको प्रस्तावलाई ५४ मध्ये ४६ मतले पारित गरियो। रिपब्लिकन पार्टीका सात सांसदहरूले पनि यस मुद्दामा डेमोक्रेटिक पार्टीलाई साथ दियो। यसका साथै राष्ट्रपति डोनल्ड ट्रम्पको विदेश नीतिमा एउटा झटका लागेको छ।

यस प्रस्ताव अन्तर्गत अब श्री ट्रम्पले अमेरिकी सशस्त्र बललाई ३० दिन भित्रमा यमनबाट फिर्ता गर्नुपर्नेछ। तथापि व्हाइट हाउसले यस प्रस्तावलाई त्रुटीपूर्ण बताउँदै भिटोको चेतावनी दिएको छ र भनेको छ, यसले क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई हानी पुऱ्याउनेछ र उग्रवाद विरूद्धको लडाइँमा वाशिङ्गटनको क्षमतालाई आघात पुऱ्याउनेछ।

अब यस प्रस्तावलाई डेमोक्रेटहरूको नियन्त्रणमा रहेको हाउस अफ रिप्रेजेन्टेटिब्स समक्ष पेश गरिनेछ जहाँ यसलाई पारित गरिने आशा गरिएको छ।