ब्रिटिस सांसदहरूद्वारा ब्रेक्सिटको म्याद बढाउने प्रस्तावको पक्षमा मतदान

ब्रिटिस सांसदहरूद्वारा संयुक्त अधिराज्यले, यसै महिना २९ तारिखसम्ममा युरोपेली संघबाट निर्गमन गर्नुपर्ने म्याद बढाउने प्रस्तावको पक्षमा मतदान गरिएको छ।

हाउस अफ् कमन्सको यो प्रस्ताव २०२ मत विपरित ४१२ मत-ले हिजो राती पारित गरियो।

तथापि, सांसदहरूले विस्तारित म्यादको अवधिमा एउटा अर्को जनमत गराउने सम्बन्धी संशोधनलाई भने खारेज गरी दिए।

ब्रिटेनको युरोपेली संघबाट निर्गमन (ब्रेक्जिट)-मा विलम्बनको युरोपेली संघका रहल जम्मै २७ सदस्य मुलुकहरूले सर्वसम्मतीका साथ अनुमोदन गर्नुपर्नेछ र यसले  व्यवहारमा २८ सदस्यीय यस गुटलाई विस्तारका शर्तहरू मनमर्जी तय गर्ने अधिकार प्रदान गर्छ।

युरोपेली संघ परिषदका प्रमुख डोनल्ड टास्कले भन्नुभयो, संयुक्त अधिराज्यले आफ्नो ब्रेक्जिट नितीमाथि पुनर्विचार गर्ने र यस सम्बन्धमा आम सहमतिको निर्माण गर्ने आवश्यकता अनुभव गरेको स्थितिमा संघले एउटा लामो स्थगन पनि स्वीकार गर्न सक्छ।

बुधबार संसदले कुनै सम्झौता बिना नै युरोपेली संघ परित्याग गर्ने प्रस्तावलाई अस्वीकार गरे पछि नै हिजो राती यो ताजा मतदान भएको हो।

प्रधान मन्त्री थेरेसा मे-ले आगामी साता उहाँको निर्गमन सम्झौता पारित गर्ने दिशामा तेस्रो प्रयास गर्नु हुनेछ। यसपूर्व उहाँका दुई प्रयासहरू धेरै मतको अन्तरले अस्वीकार गरिएका थिए। संयुक्त अधिराज्यले जुन २०१६-मा भएको एउटा जनमत संग्रह मार्फत युरोपेली संघबाट निर्गमन गर्ने फैसला गरेको थियो।