सबै अमेरिकी कुटनयिककहरूले भेनेजुएला छाडी सकेका छन्: अमेरिकी विदेश मन्त्री

अमेरिकाका विदेश मन्त्री माईक पोम्पियोले भन्नुभएको छ, भेनेजुएलामा संकट गहिरो भएपछि अमेरिकाले काराकासस्थित उसको राजदूतावासमा रहेका जम्मै कुटनयिक कर्मचारीहरूलाई फिर्ता गरेको छ।

एउटा वक्तव्यमा उहाँले बिहिबार भन्नुभयो, भेनेजुएलामा रहेका सबै अमेरिकी कुटनैयीकहरूले सो मुलुकबाट प्रत्यावर्तन गरिसकेका छन्। उहाँले भन्नुभयो, भेनेजुएलाका जनताका एउटा लोकतन्त्रमा जीउने तथा उनीहरूका परिवारहरूको लागि एउटा असल भविष्यको निर्माण गर्ने आकांक्षाहरूलाई समर्थन गर्ने आफ्नो अभियानमा अमेरिका समर्पित छ।

भेनेजुएलाले एउटा गम्भीर आर्थिक संकट झेल्नु परिराखेको छ र यसले प्रतिपक्षका नेता तथा राष्ट्रिय संसदका सभामूख जुवान गुवाईडोको उदयलाई हैंसे प्रदान गरेको छ जसले जनवरीको अन्त्यतिर स्वयंलाई मुलुकका अन्तरिम नेताको रूपमा घोषणा गर्नु भएको थियो।

श्री पोम्पियोले भन्नुभयो, भेनेजुएलाका जनता तथा अन्तरिम राष्ट्रपति जुवाई गुवाइडोलाएई समर्थन गर्ने आफ्नो संकल्पमा अमेरिका सरकार सबै स्तरमा दृढ रहेको छ।

काराकासमा संकटपन्न राष्ट्रपति निकोलस मादुरोको नेतृत्वधीन भेनेजुएलाको बामपन्थी सरकारको प्राण रहेको तेलको बिक्रीमाथि बुझो लगाउन अमेरिकाले अगावै त्यसमाथि प्रतिबन्धहरू लगाई सकेको छ।