भारत एउटा आतङ्क मुक्त वातावरणमा पाकिस्तानसित अन्तरक्रिया गर्न तयार छः परराष्ट्र मन्त्रालय

भारतले फेरी एक पल्ट पाकिस्तानलाई आतङ्क र वार्तालाप संग-संगै चल्न नसक्ने सुस्पष्ट पारी दिएको छ।

परराष्ट्र मन्त्री सुषमा स्वराजले भन्नुभएको छ, नयाँ दिल्ली एउटा आतङ्क मुक्त वातावरणमा इस्लामाबादसित अन्तरक्रिया गर्न तयार छ। श्रीमती स्वराजले हिजो नयाँ दिल्लीमा एउटा कार्यक्रममा बोल्नुहुँदै यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, पाकिस्तान सरकारले आतङ्कवाद विरुद्ध सबैभन्दा कडा कर्यावाही गर्नुपर्छ र आतङ्कवादको प्रायोजना पनि बन्द गर्नुपर्छ।

कतिपय मानिसहरूको विचारमा पाकिस्तानका प्रधान मन्त्री एकजना राजनयीक व्यक्ति हुनु हुन्छ भन्ने उल्लेख गर्दै श्रीमती स्वराजले भन्नुभयो, यदि उहाँ साँच्चै नै उदार हुनुहुन्छ भने त, श्री खानले जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरलाई भारतलाई सुपुर्द गर्नुपर्छ।