भारत र पाकिस्तान करतारपुर मार्ग सञ्चालनमा ल्याउने क्रममा कार्य गर्न सहमत

भारत र पाकिस्तान करतारपुर मार्गलाई सञ्चालनमा ल्याउने क्रममा द्रुत कार्य गर्न सहमत भएका छन्।

यस मार्गबाट भारतीय तीर्थ यात्रुहरूको लागि पाकिस्तानको करतारपुर स्थित गुरूद्वारा दरबार साहिबको यात्रा गर्नु सुविधाजनक हुनेछ।

बिहिबार पञ्जाबको अटारीमा दुई मुलुकका प्रतिनिधिहरू बीच भएको प्रथम बैठकमा यो सहमति हुन गएको हो।

दुवै पक्षहरूबीच अप्रिल २ तारिख वाघामा आगामी बैठक गर्ने विषयमा पनि सहमति भएको परराष्ट्र मन्त्रालयले एउटा विज्ञाप्तिमा बताएको छ।