वरिष्ठ कंग्रेस नेता टम वडक्कन र तृणमूल विधायक अर्जुन सिंह भारतीय जनता पार्टीमा सामेल

वरिष्ठ कंग्रेस नेता टम वडक्कन भारतीय जनता पार्टी, भाजपा-मा सामेल हुनुभएको छ। पार्टीका वरिष्ठ नेता एवम् केन्द्रीय मन्त्री रवि शंकर प्रसादले बिहिवार नयाँ दिल्लीमा श्री वेडक्कनलाई स्वागत गर्नुभयो।

तृणमूल कंग्रेस विधायक अर्जुन सिंह पनि भाजपामा सामेल हुनुभएको छ। नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा पार्टी नेताहरू कैलाश विजयवर्गीय र मुकुल ऱॉयको उपस्थितिमा उहाँलाई पार्टीमा सामेल गरियो।