जम्मू कश्मीरका राजनीतिक पार्टीहरूको निर्वाचन आयोगद्वारा नियुक्त विशेष पर्यवेक्षकहरूसित भेटवार्ता

जम्मू कश्मीरमा  कंग्रेस, पिडिपि र अन्य राजनीतिक पार्टीका नेताहरूले भारतीय निर्वाचन आयोगद्वारा नियुक्त विशेष पर्यवेक्षक टिमसित श्रीनगरमा भेट गरेका छन्। नेशनल कन्फरेन्स पार्टी भने यसमा सामेल भएन।

निर्वाचन आयोगको टिमले सुरक्षा र प्रशासनिक अधिकारीहरू तथा अन्य सम्बद्ध पक्षसित कश्मीर क्षेत्रको स्थितिको जानकारी लियो। निर्वाचन आयोगले राज्यमा विधानसभा चुनाउ गराउने सम्भावनाको पत्ता लगाउनका लागि  वास्तविक स्थितिको जानकारी लिइरहेको छ।

निर्वाचन आयोगद्वारा नियुक्त तीन सदस्यीय टोली राज्यको दुइ दिने भ्रमणमा बिहिवार श्रीनगर पुगेको थियो।