५-औं साफ महिला फुटबल च्याम्पियनशिपमा  बाङ्ग्लादेश र नेपाल सेमीफाइनलमा

५-औं दक्षिण एसियाली फुटबल संघ (साफ) महिला फुटबल च्यापियनशिपमा  मेजबान टीम नेपाल र बाङ्ग्लादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। हिजो विराटनगरमा खेलिएको ग्रुप-ए म्याचमा बाङ्ग्लादेशले भूटानलाई २-० गोलले पराजित गऱ्यो। म्याचको पहिलो हाफ बिना कुनै गोलले समाप्त भयो भने दोस्रो हाफको ४६-औं मिनटमा बाङ्ग्लादेशकी मिशरात जहाँ मौशुमीले पहिलो गोल गरिन्। त्यसैगरी कप्तान सबिना खातुमले ८५-औं मिनटमा दोस्रो गोल गरिन्। ग्रुप-ए-को अन्तिम चार टीमबाट बाङ्ग्लादेश र नेपाल सेमीफाइनलमा पुगेका हुन् ।

आज ग्रुप-बी-मा श्रीलङ्काले मालद्विपको सामना गर्नेछ भने आइतबार वर्तमान च्याम्पियन भारतले श्रीलङ्कासित मुकाबिला गर्नेछ। बुधबार ग्रुप-बी-को उद्घाटन म्याचमा भारतले मालद्वीपलाई ६-०-ले परास्त गरेको थियो। साफ च्याम्पियनशिपमा भारत अपराजित रहेको रेकर्ड छ र उसले चारपल्ट यो ट्रफी जितिसकेको  छ।