दीपा कर्माकर अजरबैजानमा आर्टिस्टिक जिमनास्टिक्स विश्वकपमा भल्ट स्पर्धाको फाइनलमा

भारतीय जिमनास्ट दीपा कर्माकर अजरबैजानको बाकूमा आर्टिस्टिक जिम्नास्टिक्स विश्वकपको क्वालीफाइङ्ग स्पर्धामा तेस्रो स्थान हासिल गरी भल्ट स्पर्धाको फाइनलमा पुगेकी छन्। दीपाले आज ब्यालेन्स्ड बीम स्पर्धामा भाग लिनेछिन्। विभिन्न स्पर्धाहरूको फाइनल भोली हुनेछ।

पोहोर नोभेम्बरमा जर्मनीमा सम्पन्न प्रतिस्पर्धामा २५ वर्षिया दीपाले कांस्य पदक जितेकी थिइन्।