सट्टेबाज सञ्जीव चावलाद्वारा प्रत्यावर्तन आदेश विरुद्ध संयुक्त अधिराज्यमा पुनरावेदन

सन् २०००-मा म्याच फिक्सिंग गरेका अभियोगहरूको सामुना गर्न भारतमा खोज तलाश गरिराखिएका आरोपित सट्टेबाज सञ्जीव चावलाले लण्डनको अदालतले सुनाएको  प्रत्यावर्तनको आदेश विरुद्ध अपील गर्ने अनुमति माग्दै संयुक्त अधिराज्यको उच्च अदलातमा एउटा  पुनरावेदन हालेका छन्।

संयुक्त अधिराज्यका गृह मन्त्री साजिद जाविदले विगत महिना प्रत्यावर्तनको पक्षमा जिल्ला न्यायधीशद्वारा सुनाईएको आदेशमा हस्ताक्षर गर्नुभएपछि चावलाले निर्णय विरुद्ध पुनरावेदन गर्नको लागि १४ दिनको समय पाएका थिए।

संयुक्त आधिराज्यको गृह कार्यालयले हिजो, चावलाले १४ दिनको समय सीमा भित्र आवेदन गरेको पुष्टी गरेको थियो।