नाइजेरियामा स्कूलको भवन भत्किंदा १२ जना मारिए

नाइजेरियाको शहर लागोसमा एउटा विद्यालयको भवन भत्किंदा मारिनेहरूको संख्या १२-मा पुगेको छ।

एउटा जराजीर्ण भवन जसमा एउटा प्राथिमक र शिशु विद्यालय चलाई राखिएको थियो बुधबार थाहा नपाई भत्कियो।

सरकारी आपदा प्रवन्धन एजेन्सीले बताएनुसार असंख्य मानिसहरू अझै पनि भग्नावशेष मुनी थिचिएका छन् जसमा कम्तीमा २० जना स्कूले विद्यार्थीहरू रहेका छन्। यो भवन भत्किनुको कारण अहिले सम्म थाहा लागेको छैन।

लागोसका गभर्नर अकिनवुनमी अम्बोडेले भन्नुभयो, भत्काउनको लागि ठहर गरिएको यो भवन आवसीय भवनको रूपमा वर्गीकृत थियो र सो स्कूल अवैधरूपले यसको माथिल्लो तलामा चलाई राखिएको थियो।

गभर्नरले घटनाको विस्तृत जाँच गराउने तथा यसको लागि जिम्मेदार रहेकाहरूलाई सजाय दिलाउने वचन दिनुभएको छ।