चीनमा रासायनिक संयन्त्रमा भएको विस्फोटमा मृत्यु हुनेहरूको संख्या ६४ पुग्यो

चीनमा एक रासायनिक संयन्त्रमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेहरूको संख्या ६४ पुगेको छ। गम्भीर घाइतेहरूको उपचारको क्रममा मृत्यु भएपछि यो संख्या बढेको हो।

६ सय भन्दा धेरै मानिसहरू यस घटनामा घाइते भएका थिए। अधिकारीहरूले जानकारी दिएअनुसार झियाङ्गशु प्रान्त स्थित  रासायनिक औद्योगिक पार्कको एक उर्वरक कारखानामा आगलागी भएको थियो।

मिडिया रिपोर्टहरूअनुसार रासायनिक संयन्त्रका कार्यकारी अधिकारीहरूलाई प्रहरी हिरासतमा लिइएको छ।