घानामा भएको बस दुर्घटनामा कम्तीमा ६० जनाको मृत्यु

घानामा यात्रीहरूले खचाखच भरिएका दुइ बसहरू परस्परमा ठोक्किदा ६० जनाको ज्यान गएको छ। प्रहरीले जानकारी दिएअनुसार  बसमा ५० भन्दा धेरै मानिसहरू सवार थिए।

यो दुर्घटना हालै गठित बोनो ईस्ट क्षेत्रको अम्पोमा शहरमा एकाबिहानै भएको हो।  घानाको सर्वाधिक ठूलो लामो दूरीका बस कम्पनीहरू भिभिआइपि-का बसहरू दुर्घटनामा परेका हुन्।