पाकिस्तानले चीनबाट २ अर्ब अमेरिकी डलरको ऋण प्राप्त गर्ने

वित्तीय संकटमा परेको पाकिस्तानले आफ्नो आर्थिक स्थितिलाई बढुवा दिन चीनबाट २ अर्ब अमेरिकी डलरको ऋण  प्राप्त गर्नेछ।

पाकिस्तानको वित्त मन्त्रालयले जानकारी दिएअनुसार चीन सरकारद्वारा २.१ अर्ब अमेरिकी डलरको ऋण प्राप्त गर्न सबै औपचारिक प्रक्रियाहरू पुरा गरिएका छन्। आगामी सोमबार सम्ममा ऋणको रकम पाकिस्तानको स्टेट बैंकमा जम्मा हुनेछ।

पाकिस्तानले मुलुकको घट्दो विदेशी मुद्रा भण्डार बढाउनका लागि दुइ खाडी मुलुकहरू सउदी अरब र संयुक्त अरब एमिरेट्सबाट एक-एक अर्ब अमेरिकी डलर प्राप्त गरेको थियो।

पाकिस्तानले मुलुकलाई  आर्थिक मन्दीबाट उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसित पनि कुराकानी गरेको छ।