सोमालियाको सरकारी भवनमा भएको हमलामा एकजना उप मन्त्री लगायत ११ जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा एउटा सरकारी भवनभित्र अल-शबाब आतङ्कीहरू अन्धाधुन्ध गोली बर्साउदै प्रवेश गरेपछि एकजना उप मन्त्री लगायत ११ जनाको मृत्यु भएको छ। सांसद इलयास अलि हसनले मृतक मन्त्रीको नाउँ साकर इब्राहिम अबदल्ला बताउनुभएको छ।

सोमालियाका मन्त्रीहरूको कार्य एवम् श्रम भवन परिसरमा दुई शक्तिशाली विस्फोटबाट हमलाको सुरुआत भएको थियो त्यसपछि आतङ्कीहरू अन्धाधुन्ध गोली हान्दै परिसरभित्र पसेका थिए। अधिकारीहरूले जानकारी दिएअनुसार प्रहरी बलले चार बन्दुकधारीहरूलाई मारेपछि मात्रै गोलीबारी समाप्त भयो। हमलाको तुरुन्तैपछि अल-शबाबले एउटा बयान जारी गरेर हमलाको जिम्मेवारी लिएको थियो।