श्रीलङ्काका राष्ट्रपतिले त्रिपिटकलाई युनेस्को वर्ल्ड हेरीटेज घोषित गराउन एउटा प्रस्ताव सुम्पनुभयो

शनिबार श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बौद्ध धर्मका पवित्र पुस्तक थेरवाद त्रिपिटकलाई युनेस्को वर्ल्ड हेरीटेज घोषित गराउन एउटा प्रस्ताव सुम्पनु भयो। कान्डीमा आयोजित एउटा राष्ट्रिय समारोहमा श्रीलङ्कामा राष्ट्रसंघका रेसिडेन्ट संयोजक हाना सिंगरलाई  यो प्रस्ताव आधिकारिक रूपमा सुम्पिइयो।

यसै वर्षको जनवरी महिनामा राष्ट्रपति सिरिसेनाले थेरवाद त्रिपिटकलाई श्रीलङ्काको राष्ट्रिय विरासत घोषित गर्नुभएको थियो।

लगभग १०० वर्ष ईसापूर्वमा अन्तत: श्रीलङ्कामा त्रिपिटक नलेखुञ्जेलसम्म भगवान बुद्धका शिक्षाहरू एउटा पिँढीदेखि अर्को पिँढीमा मौखिक शब्दका रूपमा नै प्रसारित हुने गर्द थिए। उहाँका शिक्षाहरू तीनवटा  खण्डमा समेटिएका छन् ती खण्डहरू हुन् “सुत्त, विनय र अभिधम्म।”