मालिमा भएको एउटा जातीय भिडन्तमा कम्तीमा पनि ११५ जनाको मृत्यु

शनिबार मालिमा जातीय आतङ्की गुटका लडाकाहरूले मध्य प्रान्तको एउटा गाउँमा अचानक गरेको अहिलेसम्म कै सर्वाधिक घातक धावामा कम्तीमा पनि ११५ व्यक्तिहरू मारिएका छन्।

स्थानीय अधिकारीहरूले बताएअनुसार आतङ्कीहरूले ओगोसागू-पिउल प्रान्तको फुलानी गाउँमा आक्रमण गरेका थिए।

मानवाधिकार निगरानी संस्थानअनुनासर, दोगोन गुटका आतङ्कीहरू, जसलाई दान ना अम्बसागू भनेर चिनिन्छ, विगत वर्षहरूमा भएका अनेक हमलाका दोषी हुन्।

दोगोन शिकारी समुदाय र अर्ध-बन्जारा फुलानी समुदाय बीच खासगरी जमीन र पानीको अधिपतिलाई लिएर भीडन्त हुने गर्दछ।